Madhes Khabar
मधेस प्रदेश

मधेस : ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर कालोमोसो दले

चोकमा बाँधेर कुटपिट गरी कालो मोसो दलिएका मजदुरको उद्धार गर्दै प्रहरी ।

जनकपुर ,२९ चैत : काम गरेको ज्याला माग्दा महोत्तरीमा एक ठेकेदार (निर्माण व्यवसायी)ले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफ माथि दुव्र्यवहार भएको हो ।ठेकेदार ३५ वर्षीय कृष्ण मिश्रले नदाफलाई कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

गत फागुन २३ गते बिहान ठेकेदार मिश्रले नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोकको विद्युत पोलमा पाता कसेर, केस मुण्डन गरी मोसो दलेर अमानवीय व्यवहार गरेका हुन् ।

प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ ।मिश्रविरुद्ध अमानवीय अपमानजनक व्यबहार कसुरमा मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन ठेकेदार मिश्रसँग काम गरेको ज्याला नदाफले मागेका थिए ।पटक–पटक ज्याला माग गर्दा नदिएपछि नदाफले औजार लगेका थिए ।

औजार लिएर आउनु पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

पीडित नदाफले जिल्ला प्रहरी कार्यालयमा मिश्र लगायतमाथि किटानी जाहेर दिएका छन् । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँचवर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।साभार : अनलाइनखबर

Related posts

मधेस प्रदेशका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

मधेसका मुख्यन्यायधिवक्ता ठाकुरले यौन दुर्व्यवहार गरेको शहिदपत्निकाे आरोप

MadhesKhabar

मधेसमा कांग्रेसका मन्त्री बर्खास्त, एमाले नेता यादव मन्त्री नियुक्त

MadhesKhabar

Leave a Comment