Madhes Khabar
मधेस प्रदेश

सर्लाहीको बरहथवामा कर्फ्यु लगाइयाे

सर्लाही,२०पुष : सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु जारी भएको छ। एक जना युवकको ज्यान जानेगरी घटना भएपछि सर्लाही प्रशासनले बरहथवा क्षेत्रमा कर्फ्यु जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुढा प्रहार र उशृंखल गतिविधि रोक्न कर्फ्यु जारी गरेको बताए।

स्थानीय प्रशासनले पूर्वमा सीतपुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलसम्म कर्फ्यु जारी गरेको हाे।

 

कर्फ्यु शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्म रहने र उक्त समयमा सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिंलडुल गर्न कुनै प्रकारको गतिविधि गर्न नपाउने सर्लाही प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार बरहथवा नगरपालिकाको कार्यालय अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले हानेकाे गाेली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बरहथवा ६ का ३२ वर्षीय जयशंकर साह रहेको प्रहरीले जानकारी दिएको छ।

Related posts

मधेस : घुस रकम सहित दुई प्रहरी पक्राउ

MadhesKhabar

सर्लाहीमा बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

MadhesKhabar

वीरगन्ज महानगरको मतगणना ११ बजे देखि शुरु गरिने

MadhesKhabar

Leave a Comment