Madhes Khabar
धर्म/संस्कृति

पशुपतिनाथकाे भेटी चाेरी, ७ कर्मचारीसहित ८ जना पक्राउ

काठमाडौं,८जेष्ठ:काठमाडौंकाे पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गरेको अभियोगमा आठ जना पक्राउ परेका छन्।

प्रहरीले पशुपति क्षेत्र विकास कोषका ७ कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

“सीसी क्यामेरा हेर्दा पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरीमा उनीहरूको संलग्नता रहेको पाइएपछि पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ,” उनले भने।

पक्राउ पर्नेमा कोषका नायब सुब्बा नवरा ढोडारी, मन्दिरका ब्राह्मणत्रय नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई तथा मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेको अधिकारीले जानकारी दिए। साभार:उकालाे

Related posts

वीरगन्जको रामजानकी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन सदनमा आवाज उठाउँछु : प्रदीप यादव

MadhesKhabar

इद–ऊल–फित्रको अवसरमा मंगलबार सार्वजनिक बिदा

MadhesKhabar

आज लक्ष्मीपूजा , कुकुर तिहार पनि आजै

MadhesKhabar

Leave a Comment