Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा ‘गौरैया बचाउ अभियान’ सुरु

वीरगन्ज, ३० असार : विश्वबाटै लोप हुदै गइरहेको गौरैया (भंगेरा) चराको संरक्षणका लागि वीरगन्जमा एक परोपकारी संस्थाले अभियान थालेको छ ।ज्वाइनिङ ह्याण्डस् फर गुड रिजन ( 4GR ) नामक संस्थले लोपोन्मुख अअवस्थामा रहेको भंगेरा चराको संरक्षणका लागि ‘गौरैया (भंगेरा) बचाउ अभियान’ थालेको हो ।

त्यसका लागि संंस्थामा आबद्धहरुले भंगेरा बस्ने घोसला (गुंड ) बनाएर घरघरमा वितरण गर्न सुरु गरेका छन् । पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको सहकार्यमा ५ सय थान घोेसला महानगरका विभिन्न वडाका घरधुरीमा निशुल्क वितरण गर्न थालिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले बताए ।

नेपाल र भारतमा हिन्दु धर्म संस्कृतिमा शुभ संकेतका रुपमा मानिने भंगेरा चरा बासस्थानको अभावमा लोप हुन थालेको अववस्था देखिएपछि उक्त चराको संरक्षणका लागि आाफुहरुले अभियान नै सुरु गरेको उनले बताए ।

कुशवाहाले भने,‘ भंगेरा चरा खासगरि फुसका घरहरुको छाना र पालीमा गुंड बनाएर बस्छ तर बढ्दो शहरीकरणका कारण फुसका घरहरु देखिन छाडे , जताजतै कंक्रीटका घरहरु बन्न थाले, जसका कारण बासस्थान नपाएर भंगेरा चराहरु अहिले लोप हुन थालेका छन् ।

त्यसैले संस्थाले पक्की घरकै बार्दली , झ्याल र भेन्टिलेसन भएका कोठा इत्यादि ठाँउमा राख्न मिल्ने भंगेरा चराले बास बस्न अनुकुल हुने खालको गुंड ((सानोे घर) बनाएर वितरण गर्न थालेको कुशवाहाले बताए ।पहिलो चरणमा महानगरपालिकाको सहकार्यमा ५ सय थान गुंड निशुल्क वितरण गरिने र त्यसपछि इच्छुक व्याक्तिलाइ सशुल्क वितरण गरिने संस्थाका सदस्य कुशवाहाले बताए ।

शुक्रबार वीरगन्जमा लागेको रात्री बजारमा थापिएको स्टलबाट वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले ५ सय थान गुंडका लागि अर्डर गरेको जानकारी पनि उनले दिए ।

 

Related posts

होटलमा जुठो माँझेर गुजारा चलाउँदै मधेस आन्दोलनका सहिदकी पत्नी विनीता देवी

MadhesKhabar

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

MadhesKhabar

बाराको कलैया र जीतपुरमा निकालियाे सदभाव र्‍याली

MadhesKhabar

Leave a Comment