Madhes Khabar
धर्म/संस्कृति

अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड १७ लाख रुपैयाँ दान संकलन

काठमाडौं,११माघ : भारत अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड बढी रुपैयाँ संकलन भएको छ। मन्दिरको प्राण प्रतिष्ठा गरेको भोलिपल्ट मंगलबार ३ करोड १७ लाख रुपैयाँ भेटी संकलन भएको हो।

उक्त दिन २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अनिल मिश्रले मन्दिरको प्राण प्रतिष्ठापछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत भारु ३ करोड १७ लाख दान प्राप्त भएको बताए।

बुधबार राती १० बजेसम्म २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। प्राण प्रतिष्ठा गरेको दिन सोमबार भने ५ लाख बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए ।

Related posts

आज नाग पञ्चमी पर्ब : के छ शास्त्रीय मान्यता ?

MadhesKhabar

आज मधेसी समुदायमा भइया दुज पर्ब मनाइदैं

MadhesKhabar

पैगम्बर माेहम्मदकाे जन्मदिन मनाउन मधेस प्रदेशमा भदाै ३१ गते सार्वजनिक विदा

MadhesKhabar

Leave a Comment