Madhes Khabar
धर्म/संस्कृति

अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड १७ लाख रुपैयाँ दान संकलन

काठमाडौं,११माघ : भारत अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड बढी रुपैयाँ संकलन भएको छ। मन्दिरको प्राण प्रतिष्ठा गरेको भोलिपल्ट मंगलबार ३ करोड १७ लाख रुपैयाँ भेटी संकलन भएको हो।

उक्त दिन २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अनिल मिश्रले मन्दिरको प्राण प्रतिष्ठापछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत भारु ३ करोड १७ लाख दान प्राप्त भएको बताए।

बुधबार राती १० बजेसम्म २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। प्राण प्रतिष्ठा गरेको दिन सोमबार भने ५ लाख बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए ।

Related posts

बारामा पनि दलितलाई महायज्ञ प्रवेशमा राेक

MadhesKhabar

हनुमान जन्मोत्सवमा जय श्रीरामको नाराले वीरगन्ज शहर नै गुन्जयमान

MadhesKhabar

वीरगन्जको सुगौलीविर्तामा गाईको बाच्छा काटेर खानेलाई कारबाही गर्न स्थानीयले प्रहरीमा दिए उजुरी

MadhesKhabar

Leave a Comment