Madhes Khabar
धर्म/संस्कृति

राम मन्दिर उद्घाटनका दिन माघ ८ गते वीरगन्जका माछा,मासु र मदिरा पसल बन्द गर्न हिन्दु परिषदकाे आग्रह

वीरगन्ज,२माघ:भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटनका दिन माघ ८ गते वीरगन्जमापनि माछा,मासु र मदिराका पसल तथा हाेटलहरु बन्द गराइदिन स्थानीय प्रशासासंग विश्व हिंन्दू परिषद नेपालले आग्रह गरेकाे छ।

परिषदकाे वीरगन्ज महानगर समितिले मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापनपत्र बुझाउँदै माघ ८ गते साेमबारका दिन वीरगन्जमा रहेका सम्पूर्ण माछा,मासु र मदिराका पसल र हाेटलहरु बन्द गराइदिन आग्रह गरेकाे हाे।

विश्व हिन्दू परिषद नेपालका वीरगन्ज महानगर अध्यक्ष सागर सर्राफकाे नेतृत्वकाे समुहले पर्साका प्रमुख जिल्ला अधिकारी भुसाललाई बुझाएको ज्ञापनपत्रमा झण्डै पाँच सय वर्षपछि अयाेध्यामा निर्माण भएकाे राम मन्दिर विश्वकै सम्पूर्ण हिन्दूहरूको अस्थाको विषय रहेकोले उक्त मन्दिरकाे उद्घाटनका दिन वीरगन्जकापनि हरेक मठ मन्दिरलाई राम मन्दिर जस्तै सजावट गर्ने, बिहान झाँकीका साथ नगर परिक्रमा गर्न शोभा यात्रा निकालिने, साँझ हरेक मन्दिरमा भव्य दिपोत्सव र महाआरती गरिने जनाइएको छ।

यसका साथै त्यस दिन रातीमा हरेक ठाउँ ठाउँमा झाँकी कार्यक्रम राखिएकाेले बहुसंख्यक हिन्दूहरूको अस्थालाई मध्य नजर राखी वीरगन्ज महानगरमा रहेका सम्पूर्ण मासु, माछा र मदिरा पसल र होटल बन्द गराई दिन स्थानीय प्रशासनलाई आग्रह गरिएकाे परिषदका महानगर अध्यक्ष सर्राफले जानकारी दिए।

Related posts

रामनवमी पूजा भव्य रुपमा मनाउने कुर्मी सशक्तीकरण मञ्च पर्साको निर्णय

MadhesKhabar

पर्सामा हिन्दु सम्राट सेना गठन,अध्यक्षमा विकास साह

MadhesKhabar

इस्लाम धर्मावलम्बीहरुले आज बकर ईद पर्व मनाउँदै

MadhesKhabar

Leave a Comment