Madhes Khabar
राजनीति

वीरगन्जमा एमालेसंग तालमेल गर्ने विषयमा लोसपामा विवाद

क्रान्ति शाह
वीरगन्ज , ०९ बैशाख
: वीरगन्ज महानगरमा नेकपा एमालेसंग चुनावी तालमेल गर्ने विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद भएको छ ।
बिहीबार बिहान एमाले नेताहरुसंगै पत्रकार सम्मेलन गरेर लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले वीरगन्ज महानगरमा एमालेसंग चुनावी तालमेल गरिएको घोषणा गरेका थिए ।
तर उक्त घोषणाको ४ घण्टा नबित्दै लोसपा पर्साका ३ जना जिल्ला उपाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै महानगरमा एमालेसंग चुनावी तालमेल नगरिएको बताएका छन् ।
बिहीबार दिउँसो लोसपाका जिल्ला उपाध्यक्षत्रय कृष्णा पटेल , राजेश कुमार साह र देवानन्द यादवले
संयुक्त विज्ञप्ती जारी गर्दै महानगरमा लोसपा एक्लै चुनाव लड्न तयार रहेको पनि बताएका छन् ।
विज्ञप्तिमा लोसपाको जिल्ला कार्यसमितिले महानगरमा अन्य कुनै पनि दलसंग चुनावी तालमेल गर्ने बारे निर्णय नै नगरेकाले , एमाले र लोसपा बिच तालमेल गरिएको भन्नुको कुनै औचित्य नभएको उल्लेख छ ।
लोसपा पार्टीलाइ समाप्त पार्ने नियतले कुनै नेता विशेषको इशारामा एमालेसंग तालमेल गरिएकाले यस प्रति तीनै जना उपाध्यक्षले आपत्ति पनि जनाएका छन् ।
लोसपा वीरगन्ज महानगरका अध्यक्ष ओम प्रकाश सर्राफले पनि एमालेसंग गरिएको तालमेल प्रति आपत्ति जनाएका छन् ।
सर्राफले महानगरमा एमालेसंग चुनावी तालमेल गर्ने बारेमा पार्टी भित्र कुनै पनि किसिमको छलफल नै नभएको बताए ।
अन्नपूर्णपोष्टकर्मीसंग कुरा गर्दै सर्राफले भने ,‘ पार्टीको महानगर अध्यक्ष म हु , तर एमालेसंग सहमति गर्ने बारे मलाइ कुनै जानकारी छैन ।
यसअघि बिहीबार बिहान लोसपा र एमालेका नेताहरुले वीरगन्जमा पत्रकार सम्मेलन गरेर महानगरमा दुवै दल बिच चुनावी तालमेल गर्ने सहमति भएको जानकारी गराएका थिए ।
महानगरको मेयर एमालेले र उपमेयर लोसपाले लिने गरि चुनावी तालमेल गर्ने सहमति भएको दुवै दलका नेताहरुको भनाइ थियो ।
महानगरका ३२ वटै वडामा भने आपसी सहमतिमा उम्मेदवार तय गर्ने दुवै दलले बताए थिए ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा एमाले पर्साका अध्यक्ष जय प्रकाश थारु र लोसपा पर्सा अध्यक्ष पुरुषोत्तमलाल झाको हस्ताक्षर थियो ।

Related posts

पर्सा–२ का रास्वपा उम्मेदवार कानुले भने :जेनजी आन्दोलनको दोषी एमाले–कांग्रेस हुन्

MadhesKhabar

प्रतिशोध राखेर गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भएँ : केपी ओली

MadhesKhabar

कात्तिकमै संसदको चुनाव गराउने प्रधानमन्त्रीको प्रयास

MadhesKhabar

Leave a Comment