Madhes Khabar
स्थानिय

भ्रम फैलाउने र संगठन कमजोर बनाउनेलाई कारबाही गर्ने प्रेस चौतारी पर्साको निर्णय

वीरगन्ज,२८ चैत : प्रेस चौतारी नेपाल पर्सा शाखाको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।प्रेस चौतारीका जिल्ला अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकले पर्सामा चौतारीलाई थप प्रभावकारी र गतिशिल बनाउनका लागि विभिन्न निर्णय गरेको सचिव राजेन्द्र सिंह नेपालीले जानकारी दिए ।

बैठकले पर्सामा प्रेस चौतारीलाई कमजोर बनाउने षडयन्त्रमा लागेकाहरुको पहिचान गरि कारबाही गर्ने निर्णय गरेको छ । प्रेस चौतारीलाई बदनाम गराउन भ्रम छर्दै हिड्ने र अतिरञ्जनायुक्त प्रचार गर्नेहरुलाई कारबाही गर्ने निर्णय गरिएको अध्यक्ष बन्जाराले जानकारी गराए ।

यस्तै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले चलाएको सदस्यता सुद्धिकरण अभियानमा कडाइका साथ प्रस्तुुत हुन र योग्य पत्रकारलाई महासंघको सदस्यता दिन पत्रकार महासंघ पर्सा शाखालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।प्रेस चौतारी पर्साका इन्चार्जबाट हटाइएका शत्रुघन नेपाललाई एक महिनाभित्र पुन इन्चार्जमा स्थापित गर्न केन्द्रलाई आग्रह गर्ने र अन्यथा आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै गत फाुगन २९ गतेदेखि वीरगन्जमा आयोजना गरिएको चौतारीको केन्द्रीय बैठक तथा कार्यशाला गोष्ठीमा केन्द्रले स्थानीय कमिटीको परामर्श बिना सम्मानित ब्यक्तिहरुलाई आतिथ्यता नगराएर गम्भिर भूल गरेको ठहर गर्दै प्रेस चौतारी पर्साले अब उप्रान्त यस्ता कमजोरी नगर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

बैठकले प्रेस चौतारीका ११६ जना साधारण सदस्यहरुको अभिलेख, परिचयपत्र र नयाँ सदस्यता दिने अबिलम्ब प्रकृया अघि बढाउन उपाध्याक्ष तुलसी भण्डारी र सचिव राजेन्द्र सिंह नेपालीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

मंगलबारको बैठकमा प्रेस चौतारी पर्साका उपाध्याक्ष तुलसी भण्डारी, सचिव राजेन्द्र सिंह नेपाली, सहसचिव सन्तोष पटेल, कोषाध्याक्ष राकेश साह, सदस्यहरु आनन्द पटेल, आरोहण साह, नेहाल खान, प्रकाश तिवारी, नितेष कर्ण, राजन रौनियार, शम्भु महतो थारु, मन्सुर खान, सञ्जय दास थारु, निलम चौधरी, पन्नालाल प्रसाद, अकलेस साह लगायतको सहभागिता थियो ।

Related posts

पर्सामा बाघको आक्रमणबाट एक युवक घाइते

MadhesKhabar

पोखरिया बजारमा अतिक्रमण गरि बनाइएका संरचनाहरु डोजर लगाएर हटाउन शुरु

MadhesKhabar

वीरगन्जको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment