Madhes Khabar
स्थानिय हेडलाइन

क्लासिक होटलमा पनि चल्यो महानगरको डोजर , अब पालो कर्पोेरेट बैंकको

वीरगन्ज, २ साउन : वीरगन्ज महानगरपालिकाले मुख्य नालामाथि बनेका क्याम्पस , होटलहरु माथि डोजर चलाएको छ ।

मुख्यनाला माथि बनेको हरिखेतान बहुमुखी क्याम्पसमाथि गत असार २५ गते डोजर चलाएको वीरगन्ज महानगरपालिकाले मंगलबार आदर्शनगरस्थित मुख्यनालामै बनाइएको क्लासिक होटलमा पनि डोजर चलाएको छ ।

वीरगन्जको आदर्शनगर स्थि क्लासिक होटलको संरचना मुख्य नालामाथी निर्माण हुँदा नाला सफाईमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो ।नालामाथि बनेको संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि होटल भएको घरधनीले अटेर गरेर नहटाएपछि मंगलबार महानगरको टोली आफैले डोजर लगाएर हटाउन सुरु गरेको हो ।

महानगरले नालामाथि बनेको हरिखेतानको बाँकी संचरना हटाएर क्लासिक होटलको संरचना हटाउन सुरु गरेको हो । नालामाथि बनेको हरिखेतानको संरचना गएको असार २५ गते डोजर लगाएर हटाइएको थियो । क्याम्पसको केही संरचना अझै पनि बाँकी रहेकाले मंगलबार फेरि क्याम्पसमा पनि डोजर लगाएर हटाइएको छ ।

क्लासिक होटल नालामाथि नै रहेकाले त्यसलाई हटाउन मंगलबारबाट डोजर चलाइएको महानगरका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । क्लासिक होटलको सामुन्ने रहेको कर्पोेरेट डेभलपमेन्ट बैंक रहेको भवन हटाउन पनि पहिले नै सूचना दिएको तर बैंक भएको घरधनीले अटेर गरि अझै सम्म नहटएकाले त्यसलाई पनि डोजर लगाएर हटाइने उनले बताए ।

महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरु हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ ।
क्लासिक होटलको उत्तरतर्फ र कर्पोरेट बैंकको दक्षिणतर्फ रहेको मुख्य नाला पूर्ण रुपमा सफाई हुँदा पनि ती दुबै भवन नहट्दा मुख्य नाला सफाईमा अवरोध पुगेको छ । यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ ।

वीरगन्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् ।
वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगन्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ ।

Related posts

मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु

MadhesKhabar

पर्सामा सरुवा भई आएका एसपी मिश्रले आजदेखि कार्यभार सम्हाले

MadhesKhabar

वीरगन्जमा उद्घाटनकाे तयारीमा रहेकाे मधेस विश्वविद्यालयकाे मेयर सिंहले गरे अवलाेकन

MadhesKhabar

Leave a Comment