Madhes Khabar
स्थानिय

पर्सामा सरुवा भई आएका एसपी मिश्रले आजदेखि कार्यभार सम्हाले

वीरगन्ज,१४माघ:जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आएका प्रहरी उपरीक्षक(एसपी) गाैतम मिश्रले आज(साेमबार)देखि कार्यभार सम्हालेका छन् ।

प्रहरी प्रधान कार्यालयले यहि माघ ११ गते देशभरका १७ जना प्रहरी उपरीक्षकहरुकाे एकसाथ सरुवा गर्ने क्रममा प्रहरी प्रधान कार्यालयकाे मानव बेचबिखन अनुसन्धान ब्युराे काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेकाे थियाे भने पर्सामा कार्यरत प्रहरी उपरीक्षक कुमाेध ढुंगेलकाे प्रहरी प्रधानकार्यालय केन्द्रीय महिला,बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा नक्शाल काठमाडौंमा सरुवा गरिएकाे थियाे।

प्रहरी प्रधान कार्यालयले सरुवाकाे निर्णय सार्वजनिक गरेकाे चाैथाे दिन साेमबार साँझ वीरगन्ज आइपुगेका प्रहरी उपरीक्षक मिश्रले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर कार्यभार सम्हालेका हुन् ।त्यसअवसरमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक,प्रहरी निरीक्षक लगायतका प्रहरी अधिकृतहरुले मिश्रलाई स्वागत गरेका थिए।

पर्साबाट काठमाडौंमा सरुवा भएका प्रहरी उपरीक्षक ढुंगेल पनि साेमबार नै जिल्ला प्रहरी कार्यालय पर्साबाट रवाना पत्र लिएर गएका छन्।उनले २०८० फागुन ९ गतेदेखि २०८१ माघ १४ गतेसम्म गरी ११ महिना पर्सा प्रहरीको नेतृत्व सम्हालेका थिए।

Related posts

पर्सागढी नगरपालिकाका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु

MadhesKhabar

वीरगन्ज महानगरले उद्योगमै फाेहाेर थुपार्न थालेपछि उद्योगीहरुले फेरि जनाए प्रतिबद्धता

MadhesKhabar

वीरगन्जमा खुल्यो लक्ष्मी पार्टी प्यालेस, पूर्वमन्त्री यादवले गरे उदघाटन

MadhesKhabar

Leave a Comment