Madhes Khabar
स्थानिय

सखुवा प्रसौनी गाँउपालिकाका भूमिहिनलाई असार १६ गतेदेखि जग्गाको निस्सा वितरण गरिने

वीरगन्ज,१असारःपर्साको सखुवाप्रसौनी गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासीले यही असार १६ गतेदेखि जग्गाको निस्सा प्राप्त गर्ने भएका छन् । आइतबार गाउँपालिका कार्यालयमा भूमि समस्या समाधान आयोग पर्सा र गाँउपालिकाका जनप्रतिनिधिबीच भएको छलफलबाट उक्त निर्णय गरिएको हो ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा बसेको बैठकले आयोगसंग सहकार्य गर्दै भूमीहिनहरुको व्यवस्थापन यथाशीघ्र गर्ने निर्णय गरेको छ । बैठकमा गाँउपालिका अध्यक्ष यादवले गाँउपालिकाले आयोगको काममा पूर्ण प्रतिबद्धताका साथ सहयोग गर्ने बताए । “यो केवल जग्गाको मात्र विषय होइन, सामाजिक न्यायको ऐतिहासिक कार्य हो,” अध्यक्ष यादवले भने ।

भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदका अनुसार सखुवाप्रसौनी गाँउपालिकामा हालसम्म ६५५ जनाले निवेदन दर्ता गरेका छन् । तीमध्ये १४० जना भूमिहिन दलित, ३४१ जना भूमिहिन सुकुमबासी र १७४ जना अव्यवस्थित बसोबासी रहेका छन् । अध्यक्ष अहमदले निस्सा वितरणपछि जग्गा वितरणको कार्यसमेत तीव्र गतिमा अघि बढाइने जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी तथा आयोगका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

Related posts

पर्साको मनिहर्वामा महिला सामुदायिक भवन बन्दै, वडाध्यक्ष मुखियाले गरे शिलान्यास

MadhesKhabar

जगदम्बा उद्योगमा वीरगन्जका एक मजदुरकाे मृत्युु

MadhesKhabar

वीरगन्जको शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्ट उद्योगलाई २० हजार जरिवाना

MadhesKhabar

Leave a Comment