Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरले ६ महिनामा उठायाे २३ कराेड भन्दा बढि राजश्व

वीरगन्ज,०५ माघ: वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षकाे पहिलाे ६ महिनामा २३ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुस मसान्तसम्म ६ महिनामा वीरगन्ज महानगरले २३ करोड ७ लाख ६३ हजार ४ सय ७८ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको ६ महिनामा भएको राजश्व संकलन भन्दा ८ करोड ३५ लाख ३५ हजार ७ सय २६ रुपैयाँ ३१ पैसाले कम हो ।

महानगरको राजस्व व्यवस्थापन शाखाले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा ३१ करोड ४२ लाख ९९ हजार २ सय ५ रुपैयाँ ७४ पैसा राजस्व संकलन भएको थियो ।

राजश्व व्यवस्थापन शाखाका अधिकृत मनोज कर्णले यसवर्ष मालपोत कार्यालयबाट बाँडफाँट भई आउने घरजग्गा रजिष्ट्रेसन दस्तुर आउन बाँकी रहेकोले अघिल्लो वर्षको ६ महिनाको तुलनामा कम राजस्व संकलन भएको जस्तो देखिएको बताए ।

महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन दस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, ओखटेपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शिर्षकमा आन्तरिक आम्दानी संकलन गर्दै आएको छ ।साभार:अनलाइनखबर

Related posts

निजगढकाे ग्यारेजमा भएको विष्फोटका घाइतेमध्ये १ जनाको मृत्यु (अपडेट)

MadhesKhabar

राज्य जिम्मेवार नबन्दा मधेसमा महिला र बालिका हिंसाका घटना बढ्दै

MadhesKhabar

दिल्लीमा मजदुरी गर्न गएका पर्साका एक युवकको चार तल्ले भवनबाट खसेर मृत्यु

MadhesKhabar

Leave a Comment