Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरले ६ महिनामा उठायाे २३ कराेड भन्दा बढि राजश्व

वीरगन्ज,०५ माघ: वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षकाे पहिलाे ६ महिनामा २३ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुस मसान्तसम्म ६ महिनामा वीरगन्ज महानगरले २३ करोड ७ लाख ६३ हजार ४ सय ७८ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको ६ महिनामा भएको राजश्व संकलन भन्दा ८ करोड ३५ लाख ३५ हजार ७ सय २६ रुपैयाँ ३१ पैसाले कम हो ।

महानगरको राजस्व व्यवस्थापन शाखाले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा ३१ करोड ४२ लाख ९९ हजार २ सय ५ रुपैयाँ ७४ पैसा राजस्व संकलन भएको थियो ।

राजश्व व्यवस्थापन शाखाका अधिकृत मनोज कर्णले यसवर्ष मालपोत कार्यालयबाट बाँडफाँट भई आउने घरजग्गा रजिष्ट्रेसन दस्तुर आउन बाँकी रहेकोले अघिल्लो वर्षको ६ महिनाको तुलनामा कम राजस्व संकलन भएको जस्तो देखिएको बताए ।

महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन दस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, ओखटेपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शिर्षकमा आन्तरिक आम्दानी संकलन गर्दै आएको छ ।साभार:अनलाइनखबर

Related posts

पर्साकाे ग्रामीण भेगमा हात्ती र बाघकाे आतंक

MadhesKhabar

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय

MadhesKhabar

मुख्यमन्त्री राउतसंग भिड्दै लाेसपाका युवा नेता सर्राफ

MadhesKhabar

Leave a Comment