Madhes Khabar
स्थानिय

स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई

पत्रकार राजेन्द्र सिंह राजपुत

मधेसखबर
वीरगन्ज ,११चैत : स्वर्गीय नरेश स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने भएका छन् ।

वीरगन्जकै पत्रकार स्वर्गीय नरेश सर्राफकाे स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थपना गरेकाे २१ हजार रुपैयाँ नगद राशीकाे उक्त पुरस्कार पत्रकार सिंहले पाउने भएका हुन् । शनिबार बसेकाे पत्रकार महासंघ पर्सा शाखाकाे बैठकले उक्त निर्णय गरेकाे अध्यक्ष अनुप तिवारीले जानकार दिए ।

विगत एक दशक देखि पत्रकारिता गरिरहेका र ४० वर्ष उमेर नकाटेका पत्रकारलाई पुरस्कार दिने महासंघको यसअघिको निर्णय अनुसार नै पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय गरिएकाे उनले बताए ।

प्रेस चाैतारी पर्साकाे सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल , एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् ।

चैत १६ गते नेपाल पत्रकार महासंघकाे स्थापना दिवसका दिन उक्त पुरस्कार पत्रकार सिंहलाई प्रदान गरिने अध्यक्ष तिवारीले बताए ।

यस्तै बैठकले पर्साका पत्रकार महिलाहरुकाे क्षमता अभिवृद्धिका लागि तालिम सन्चालन गर्ने र चैत १६ गते पत्रकार महासंघको स्थापना दिवसका दिन वीरगन्जमा प्रभातफेरि निकाल्ने निर्णय पनि गरेकाे अध्यक्ष तिवारीले जानकारी दिए ।

Related posts

पर्साको जगरनाथपुरमा आगलागी हुदाँ चार घर जलेर सखाप, २७ लाख बराबरको क्षति

MadhesKhabar

वीरगन्जमा एक किशाेरीमाथि छुरा प्रहार

MadhesKhabar

पर्साकाे सखुवा प्रसाैनीमा दुई सातादेखि बाघकाे आतंक

MadhesKhabar

Leave a Comment