Madhes Khabar
स्थानिय हेडलाइन

आँप बगैंचामा खेल्न जाँदा बगैंचाधनीले हानेको गोली लागेर पर्सामा एक बालक घाइते


सांकेतिक फोटो

वीरगन्ज, २३ जेष्ठ : पर्साको कालीकमाई गाँउपालिका वडा नम्बर ५ बिरञ्चीबर्वामा मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ९ वर्षिय बालक श्यामसुन्दर महत्तो रहेका छन् । बिरञ्चीबर्वास्थित आँपकोे बगैंचामा मंगलबार दिउँसो महत्तोसहितका बालबालिकाहरु खेल्न गएका थिए । त्यहि बेला बगैंचाधनी ४५ वर्षिय बलिराम तिवारीले आँप टिप्न आएको भन्दै एयरगनबाट गोली हानेको र उक्त गोलीको छर्रा लागेर महत्तो घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

घुडाँमा गोलीको छर्रा लागेर घाइते भएका महत्तोलाई उपचारका लागि वीरगन्ज ल्याइएको जानकारी शाहले दिए । गोली चलाउने तिवारी भने फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको शाहले बताए ।

शाहले भने,‘ तिवारीले आफनो घरको पछाडि रहेका आँपको बगैंचामा खेल्न आएका बालबालिकाहरुलाई धपाउन एयरगनबाट गोली हानेका रहेछन् , त्यहि गोलीको छर्रा लागेर एक जना बालक सामान्य घाइते भएको खबर छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको र उक्त टोलीले घटना बारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

Related posts

मन्त्री सिंहासन कलवारकी पत्नीले ठेक्का लिएका ६ वटा सडककाे काम अलपत्र

MadhesKhabar

राजतन्त्रमा खुलेको वीरगन्ज चिनी कारखाना बहुदलमा बन्द

MadhesKhabar

बारा क्षेत्र ४ का उम्मेदवार श्रेष्ठ र सोनलद्वारा बाराका बिश्ररामपुरका स्थानीयसंग भेटघाट तथा छलफल

MadhesKhabar

Leave a Comment