Madhes Khabar
राजनीति

प्रधानन्यायाधीशमा अब परम्परा भनेर हुन्न, योग्यता र विज्ञता चाहिन्छ: बालेन शाह

काठमाडौं,२४वैशाख:प्रधानमन्त्री बालेन शाहले वरिष्ठत् न्यायाधीश सपना प्रधान मल्ल सहित अन्य तीन जना न्यायाधीश भन्दा तल्लो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्दा ‘परम्परा’ भनेर बस्न नसकिने तर्क गरेका छन् ।

संवैधानिक परिषद्को बिहीबारको बैठकमा उनले विगतको परम्परा तोड्दै चौथो नम्बरका शर्माको नाम पेश गर्दा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राखेपछि प्रधानमन्त्री शाहले अब परम्परा भनेर नहुने न्याय सम्पादन र विज्ञता पनि ख्याल गर्नुपर्ने भन्दै आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउन खोजेका थिए ।

यही कारण बैठकमा केहीबेर तर्कवितर्क भएको थियो । प्रधानमन्त्री शाहको तर्कमा संवैधानिक परिषद्का दुई जना सदस्य दाहाल र आङ्देम्बेले सहमत हुन नसक्ने भन्दै लिखित असहमति दर्ज गराएका छन् । विधि र परम्परा मिचेर आएको प्रस्तावमा सहमति हुन सकिएन भन्ने ब्योहोराको लिखित मत उनीहरूले संवैधानिक परिषद्लाई बुझाएका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायापरिषद्ले छ जनाको नाम संवैधानिक परिषद्‌मा पठाएको थियो । त्यसमा रोलक्रमअनुसार वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयालपछि मनोजकुमार शर्माको नाम थियो ।त्यसपछि डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ थिए ।साभार:अनलाइनखबर

Related posts

नेकपा एसले २० लाख भाेट ल्याउछ: अध्यक्ष नेपाल

MadhesKhabar

कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान तिव्र

MadhesKhabar

सरकारमा सहभागी हुने लाेसपाकाे निर्णय

MadhesKhabar

Leave a Comment