Madhes Khabar
राजनीति

नेकपा एसले २० लाख भाेट ल्याउछ: अध्यक्ष नेपाल

मधेसखबर
वीरगन्ज ,२५ भदाैं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नाे दलले समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन्।

मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेपालले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए।

गत स्थानीय तह निर्वाचनमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे।

उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए।

उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताए।

Related posts

पर्सा-३ काे प्रत्यक्ष उम्मेदवारमा जसपाबाट युवानेता जनार्दन यादवको एकल नाम सिफारिस

MadhesKhabar

जसपा नेता यादव भन्छन् : हाम्रै बैशाखीमा प्रधानमन्त्री बनेका देउवाले ठूलो गल्ती गरे

MadhesKhabar

सखुवा प्रसौनीमा कांग्रेसको भेला : नेताहरुले आफनो आचरण सुधार्नु पर्ने कार्यकर्ताहरुको सुझााव

MadhesKhabar

Leave a Comment