Madhes Khabar
राजनीति

नेकपा एसले २० लाख भाेट ल्याउछ: अध्यक्ष नेपाल

मधेसखबर
वीरगन्ज ,२५ भदाैं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नाे दलले समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन्।

मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेपालले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए।

गत स्थानीय तह निर्वाचनमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे।

उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए।

उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताए।

Related posts

बाराको सिमरामा रास्वपा,माओवादी र राप्रपाले एमालेमाथि हमला गर्‍यो : केपी ओली

MadhesKhabar

पर्सा–२ का रास्वपा उम्मेदवार कानुले भने :जेनजी आन्दोलनको दोषी एमाले–कांग्रेस हुन्

MadhesKhabar

फेरि जसपामै फर्किए मधेसका प्रदेश सांसद सिंह

MadhesKhabar

Leave a Comment