Madhes Khabar
राजनीति

बाराको सिमरामा रास्वपा,माओवादी र राप्रपाले एमालेमाथि हमला गर्‍यो : केपी ओली

काठमाडौं,६मंसिरःनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाराको सिरमामा एमालेनिकट युवा संघले गरेको शान्तिपूर्ण सभामा दखल पु¥याउन खोजिएको बताएका छन्।

शनिबार पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ३ गतेका दिन बाराको परवानीपुरमा युवासंको शान्तिपूर्ण कार्यक्रम राखिएको र एमालेका केन्द्रीय नेताहरू त्यहाँ जाने कार्यक्रम तय भएकाले प्रदर्शनकारीहरूले सिमरा विमानस्थलमै हमला गरेको बताएका हुन्।

उनले त्यहाँ अरू दलले एमालेमाथि हमला गरेको आरोप पनि लगाए। ’बारामा माओवादी, राप्रपा र रास्वपा लगायतले हमला गरे। शान्तिपूर्ण सभामा कसैले दखल दिन मिल्छ? तर गरे। हाम्रा नेताहरू जान्छन् भनेर एयरपोर्टमा हमला गरे। गराइयो,’ उनले भने।

उनले सरकारले पनि एमालेमाथि हमला नगरेको भनेर बाराको प्रहरी प्रमुख (एसपी)लाई नै हेडक्वार्टर तानिएको पनि बताए। ’उनीहरूसँग मिलेर प्रहरीले एमालेमाथि हमला गरेन भनेर एसपीलाई तानियो। यो तमासा होइन?,’ उनले भने। अध्यक्ष ओलीले अरूलाई नगर्नू भनेर सरकार आफैले उत्तेजना फैलाएको आरोप लगाए।उनले एमालेलाई नजिस्क्याउन पनि चेतावनी दिए। साभार:सेतोपाटी

Related posts

बाराका संविधानसभा सदस्य गुप्ता र पूर्व प्रदेशसभा सदस्य साह जसपा छाडेर जनमत पार्टीमा प्रवेश

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

वीरगन्ज जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

MadhesKhabar

Leave a Comment