Madhes Khabar
राजनीति

फेरि जसपामै फर्किए मधेसका प्रदेश सांसद सिंह

राजबिराज,२७माघ: सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर ४(२) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह शनिबार जनता समाजबादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सप्तरीको बोदे बर्साइनमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादब लगायतले प्रदेश सभा सदस्य सिंहलाई अबिर माला लगाई जसपामा स्वागत गरे ।

बिगतमा जसपामै रहेका प्रदेश सभा सदस्य सिंहलाई गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र भइ उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।साभार:ईकान्तिपुरबाट

Related posts

रोचक बन्दै पत्रकार महासंघको चुनाव–कांग्रेसका बागी उम्मेदवारलाई माओवादीको समर्थन

MadhesKhabar

संविधान दिवसका दिन कलैयामा विरोध जुलुश निकालेर लोसपाले मनायो ‘कालो दिन’

MadhesKhabar

प्रधानमन्त्री सहित शीर्ष नेताहरुले भने : मधेस र देशका लागि उपेन्द्र यादवले नै जित्नुपर्छ

MadhesKhabar

Leave a Comment