Madhes Khabar
राजनीति

जेनजी अगुवाहरुले चलाए `एरेस्ट केपी ओेली र रमेश लेखक अभियान´

काठमाडौं,२०असाेज:सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराउन दबाब बढाएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै अभियान थालेका हुन् ।

गुरुङले एउटा पोस्टर आज सेयर गरे, जसमा ओली र लेखकको तस्बिर छ । ठूलो अक्षरमा ‘ARREST’ लेखिएको छ भने तल सानो अक्षरमा ‘KP SHRMA OLI.RAMESH LEKHAK MURDERERS’ लेखिएको छ । त्यसको मुन्तिर लेखिएको छ- ‘हत्याराहरूलाई पक्राउ गर, या राष्ट्रले एक्सन लिन बाध्य हुनेछ ।’

यो पोस्टरको क्याप्सनमा गुरुङले लेखेका छन्, ‘…DO OR DIE FOR THE NATION. LET THE TREND BEGIN’

यो समाचार लेख्दासम्म गुरुङको यो पोस्ट १७ सयले सेयर गरेका छन् भने ११ सयभन्दा बढी प्रतिक्रिया आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुईजना केन्द्रीय सदस्यले यो पोस्टर सेयर गरेको पाइएको छ । जसमा एक छन् जेनजी आन्दोलनकारीलाई सुरूबाटै समर्थन र सहयोग गरिरहेका गणेश कार्की । उनले आफ्नो फेसबुकमा पोस्टर राख्दै लेखेका छन्- तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक लगायतका हत्यारालाई पक्राउ गर्न जेनजीहरू दबाब बढाउँदै छन् ।’

केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पनि पोस्टर सेयर गर्दै लेखेकी छन्- do it. उनले एउटा भिडिओसमेत बनाएरर सुधन गुरुङको अभियानमा समर्थन जनाएकी छन् ।

जेनजी अभियानकै एक अभियन्ता रक्षा बलमे भने अर्कै पोस्टर सेयर गरेकी छन्, जसमा ओलीको मात्रै फोटो छ ।

उनले लेखेकी छन्, ‘अधिकार माग्न गएका निहत्था विध्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ । जेनजी को आन्दोलनमा निहत्था कलिला विद्यार्थीमाथि गोली दाग्न आदेश दिने एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’साभार:नेपालप्रेस

Related posts

महानगरको ग्रामीण वडामा पनि जसपा र काँग्रेसले संगसंगै भोट माग्दै

MadhesKhabar

बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता

MadhesKhabar

पर्सामा राई नेतृत्वको जसपाको जिल्ला कार्यसमिति विस्तार

MadhesKhabar

Leave a Comment