वीरगन्ज १० फागुन: नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर ५ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो कार्यक्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। उनले आफू विगतदेखि नै जनताको सेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै निर्वाचित भएपछि जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयवासीहरूले पनि उम्मेदवारलाई स्वागत गर्दै विकास निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्न विशेष पहल गर्न आग्रह गरेका थिए।
घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा पनि जनसम्पर्क अभियानलाई निरन्तरता दिइने बताइएको छ।


