वीरगन्ज,१३ जेठः भारत सरकारले नेपाललाई कारागारका कैदीबन्दी बोक्ने १० वटा ट्रक दिएको छ।वीरगन्जस्थित महावाणिज्यदूत देवी सहाय मीनाले मंगलबार आयोजित कार्यक्रममा ती ट्रकहरु पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले उपहारस्वरूप प्रदान गरिएका ती ट्रकले नेपालको सुरक्षाकर्मी र कानुन कार्यान्वयन गर्ने निकायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ ।यसअघि पनि भारत सरकारले नेपाललाई विभिन्न प्रकारका सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल सरकारको अनुरोधमा भारतले करिब ६४० वटा सवारीसाधन, एसयूभी, पिकअप र ट्रक पनि उपलब्ध गराएको थियो ।त्यसैगरी विगतका वर्षहरूमा भारतले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षा निकायहरूलाई २ हजारभन्दा बढी सवारीसाधन हस्तान्तरण गरिसकेको छ ।

