Madhes Khabar
समाचार

वीरगन्जको अलौंमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,२८पुसःवीरगन्जमा ट्याक्टरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ भीखमपुरका ४५ वर्षीय शिवकुमार कुर्मी रहेका छन् ।

शनिबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर कुर्मी गम्भीर घाइते भएका थिए । घाइते कुर्मीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

 

Related posts

पर्सागढीमा नेपाली सेनाले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा विद्या सदन मावि प्रथम

MadhesKhabar

मेलम्चीको पानी ल्याउने विषयमा मन्त्री यादव र संघर्ष समितिबीच सहमति

MadhesKhabar

कश्मीरमा भएको आतंककारी हमलाको हिन्दुवादी संगठन राष्ट्रिय एकता अभियानद्वारा भत्सर्ना

MadhesKhabar

Leave a Comment