Madhes Khabar
समाचार

नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा टाटा सफारीबाट ३० किलोभन्दा बढी गाँजा बरामद

बारा,१५ वैशाख : नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले टाटा सफारी गाडीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

सोमबार साँझ करिब ५ बजे बारा जिल्लासँग सीमा जोडिएको भारतको झरोखर नजिकको नो म्यान्स ल्याण्ड (दशगजा) क्षेत्रमा नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेको टाटा सफारी गाडी फेला परेको थियो । भारतीय सुरक्षाकर्मीले गाडी रोक्न खोज्दा चालक भने गाडी छाडेर फरार भएका थिए ।

त्यसपछि संयुक्त सुरक्षा टोलीले गाडीमा गरेको जाँचका क्रममा गाडी भित्र लुकाइ राखिएको करिब ३० किलोभन्दा बढी गाँजा बरामद गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ । एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गाँजा विभिन्न प्याकेटमा लुकाएर राखिएको अवस्थामा फेला परेको हो ।

बीआर ०५ पी ७३१८ नम्बरको उक्त टाटा सफारीभित्र सवारी दर्ता प्रमाणपत्रसमेत भेटिएको र घटना सीमा स्तम्भ ३५७÷०३ नजिकै भएको बताइएको छ । एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद गाँजा र गाडी नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाँजा नेपालतर्फको मकवानपुरबाट बारा हुँदै भारततर्फ लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ ।

Related posts

वीरगन्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

MadhesKhabar

ज्ञानदा एकेडेमीमा एसकेजी दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

Leave a Comment