Madhes Khabar
समाचार

पाकिस्तान समर्थित आतंकवादी समुहले नेपालकाे आन्तरिक सुरक्षामा चुनौती बढायाे

काठमाडौँ,१२जेठ:राष्ट्रिय एकता अभियानले साेमबार द्वारा काठमाडौँमा आयोजना गरेकाे कार्यक्रममा सहभागी वक्ताहरुले नेपाल-भारतबीचकाे खुला सिमाकाे दुरुपयोग गर्दै पाकिस्तानकाे संरक्षणमा रहेका आतंकवादी समूहहरूले नेपालकाे आन्तरिक सुरक्षामा चुनौती बढाएकाे भन्दै चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पूर्वडिआईजी राजेश कर्णले आतंककारी गतिविधिविरुद्ध नेपाल सतर्क रहनु पर्नेमा जोड दिए।अभियानका अध्यक्ष विनय यादवले आतंकवादका बदलिँदो रूप र त्यसको क्षेत्रीय प्रभावबारे धारणा राखे।

सन् १९८० को दशकदेखि नै पाकिस्तानको गुप्तचर संस्था आईएसआईले भारतको कश्मीरमा आतंक फैलाउन नेपालभित्र घुसपैठ र आर्थिक, धार्मिक नेटवर्कको निर्माण गरेको यादवले बताए।

नेपाल-भारतबीचकाे खुला सीमाको दुरुपयोग गर्दै पाकिस्तानकाे संरक्षणमा रहेका आतंकी सञ्जालले नेपालको धर्मिक सहिष्णुता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय छवि माथि नै प्रश्न खडा गरिरहेको प्रमुख वक्ता युगनाथ शर्माले बताए ।उनले भने, “अब हामीले खुल्ला रूपमा विश्व समुदाय सामु आवाज उठाउनु पर्छ कि नेपाल आतंकको भुँइचालो बन्ने छैन।”

उनले आतंककारी अब्दुल करिम टुण्डा, सैफुल्लाह, यासिन भटकलजस्ता कुख्यात आतङ्ककारीले नेपाललाई लुक्ने, योजना बनाउने र पासपोर्ट परिवर्तन गर्ने सुरक्षाविहीन स्थल बनाएको ऐतिहासिक घटनाहरू स्मरण गराए।

कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा नेपाली युवक सुदीप न्याैपानेको हत्या पाकिस्तान–प्रेरित आतंकवादको एक नमूना भएको टिप्पणी गरे। “यो एक दुर्घटना मात्र होइन, पाकिस्तानको आतंकवादले नेपालका युवालाई कस्तो प्रकारको खतरा दिन सक्छ भन्ने चेतावनी पनि हो,” अध्यक्ष यादवले भने।

 

उनले थपे, “अब हाम्रो कूटनीतिक नीति स्पष्ट हुनुपर्छ कि नेपाल कुनै पनि आतंकवादी संगठनको लुकाउने भूमिमा परिणत हुने छैन।” उनले नेपाल–भारत सम्बन्धमा असहजता ल्याउने उद्देश्यले पाकिस्तानले लगातार नेपाल प्रयोग गर्ने रणनीति अपनाएको आराेप पनि लगाए।

Related posts

गर्भमा फेरी पनि छोरी रहेको थाहा पाएपछि पुनमको हत्या गरेको माईत पक्षको आरोप

MadhesKhabar

बीपी कोइरालाको स्मृति दिवसमा वीरगन्जको अपौनीमा वृक्षारोपण

MadhesKhabar

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न

MadhesKhabar

Leave a Comment