Madhes Khabar
समाचार

पर्सामा पनि मनाइयो ६९ औं प्रहरी दिवस,विभिन्न संघसंस्था र व्याक्ति सम्मानित

वीरगन्ज,३०असोजःवीरगन्जमापनि बुधबार ६९ औं प्रहरी दिवस मनाइएको छ । वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार आफनै कार्यालय परिसरमा प्रहरी दिवसका अवसरमा औपचारिक कार्यक्रम गरेको हो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कुनैपनि किसिमको दबाब र प्रभावमा नपरी काम गर्न नेपाल प्रहरीलाई आग्रह गरे । जिल्ला शान्ति सुरक्षा कायम गर्न, नेपालको कानुन पालना गर्नमा नेपाल प्रहरीले गर्दै आएका र अबका दिनमा गर्ने भूमीकामा प्रमुख जिल्ला अधिकारीको हैैसियतमा आफनो सदैव साथ र सहयोग रहने उनले बताए। प्रहरी दिवसको उपलक्ष्यमा नेपाल प्रहरी, पूर्व कर्मचारी सबैमा उनले शुभकामनापनि दिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेलले सीमा आरपारबाट हुने तस्करी नियन्त्रण गरेर नेपाल सरकारको राजश्ववृद्धिमा पर्साको नेपाल प्रहरीले योगदान गर्दै आएको बताए । नेपाल प्रहरीप्रति अहिलेपनि नागरिकका धेरै गुनासाहरु रहेको भन्दै उनले ती गुनासा न्युनिकरणका लागि पर्सा प्रहरी प्रमुखको हैसियतामा आँफु लागि परेको बताए ।

नेपाल प्रहरी पनि यही समाजका सदस्य भएको भन्दै प्रहरी उपरीक्षक ढुंगेलले नागरिकले तिरेकै करबाट नेपाल प्रहरीले सेवा सुविधा लिदैं आएका कारण प्रहरी नागरिकबाट अलग रहन नसक्ने बताए । नागरिक र प्रहरीबिचको सहकार्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । नेपाल प्रहरीको आचरण शुद्धिकरणका लागि विशेष ध्यान दिदै आएको भन्दै राजश्व छली,तस्करी , लागू औषधको दूव्र्यसन र ओसारपसार रोक्न, आत्महत्या , महिला हिंसा न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्साले वीरगन्ज महानगरपालिकाको कार्यालय,नेपाल पत्रकार महासंघ पर्सा शाखा,वीरगन्ज उद्योग वाणिज्य संघ,जिल्ला सरकारी वकिलको कार्यालय,नारायणी अस्पताल,वीरगन्ज सामुदायिक आँखा केन्द्र ,नेपाल रेडक्रस सोेसाइटी,आफन्त नेपाल नेशनल मेडिकल कलेज, सूर्या हस्पिटल, बयोधा मेडिसिटी अस्पताल,माइती नेपाल,ग्रिनसिटी सामुदायिक सेवा केन्द्र ,मानव सेवा आश्रम वीरगन्ज शाखा ,वीरगन्ज–४ का वडाध्यक्ष जगत साह कानु, वीरगन्ज–२६ का वडाध्यक्ष शम्भु मिश्रा,रोहित वर्णवाल लगायतलाई प्रशंसा पत्र प्रदान गरेर सम्मानित गरिएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,प्रहरी नायब उपरीक्षक दीपक भारती लगायतकोपनि उपस्थिती थियो ।

Related posts

पत्रकार साहमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न प्रेस युनियन पर्साको माग

MadhesKhabar

१४७० पिस नाइट्राभेट ट्याब्लेटसहित रक्सौलका युवक वीरगन्जमा पक्राउ

MadhesKhabar

पर्साकाे बिन्दबासिनीमा घरकाे स्ल्यापबाट खसेर एक किशाेरकाे मृत्युु

MadhesKhabar

Leave a Comment