Madhes Khabar
समाचार

त्रिभुवन राजपथको दायाँबायाँ २५/२५ मिटरमा पर्ने संरचना १५ दिनिभत्र हटाउन सडक डिभिजनकाे निर्देशन

काठमाडौं,५मंसिर:सडक डिभिजन कार्यालय हेटाैंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ बायाँका संरचना हटाउने भएको छ।

शुक्रबार सूचना जारी गर्दै कार्यालयले हेटाैंडाकाे रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडकको दायाँबायाँ ७५ फिटभित्र बनेका संरचना हटाउन भनेको हो।

त्यहाँ रहेका स्थायी/अस्थायी घरटहरा हटाउन कार्यालयले १५ दिनको समय दिएको छ।

१५ दिनभित्र नहटाए कार्यालय आफैले हटाउने र सोबापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने सूचनामा उल्लेख छ।

सर्वोच्च अदालतले २०७८ पुस १९ गतेको आदेश र संरचना हटाउन सडक डिभिजनले यसअघि जारी गरेको सूचनाविरूद्ध परेका रिट पनि अदालतबाट खारेज भइसकेको कार्यालयले जनाएको छ।

कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्रदेखि दायाँबायाँ दुवैतिर २५/२५ मिटर कायम गरिएको र तोकिएको सिमाभित्र विभागको स्वीकृत प्राप्त नगरी सडकसँग जोडिने गरी संचरना बनाउन ऐनले पनि निषेध गरेको जनाएको छ।

ती संरचना खाली गराउन विगतमा पनि सूचना जारी भएको कार्यालयले जनाएको छ।साभार:सेताेपाटी

Related posts

बलिदानी दिवसमा मधेस सरकारले १ हजार दिएपछि शहिदका परिवारले गरे बवाल

MadhesKhabar

क्षतिग्रस्त भएका खानेपानी प्रणालीहरूलाई तत्काल पुनःस्थापना गर्न मन्त्री यादवको निर्देशन

MadhesKhabar

वीरगन्जमा एमालेको शक्ति प्र्दर्शन , सरावगी भन्छन्– मेरो विकल्प छैन

MadhesKhabar

Leave a Comment