Madhes Khabar
समाचार

२ कराेड हिनामिना गरेकाे आराेपमा बारा हुलाक कार्यालयका प्रमुख कुर्मी पक्राउ

बारा, १३जेष्ठ : बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ।

हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो।

पर्साकाे बहादुरमाई गाउँपालिका २ घर भएका कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेको थियो।

बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्।

पक्राउ परेका कुर्मीलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियुको प्रदर्शनी

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाका लागि किताब बेचेर महावीर पुनले धरानमा उठाए झन्डै १ करोड

MadhesKhabar

गृहमन्त्रीलाई भेटेर इस्लामी संघले भन्याे :शाेभायात्राले मुस्लिम बस्तीमा पुगेर उक्साएकाले त्याे घटना भयाे

MadhesKhabar

Leave a Comment