Madhes Khabar
समाचार

२ कराेड हिनामिना गरेकाे आराेपमा बारा हुलाक कार्यालयका प्रमुख कुर्मी पक्राउ

बारा, १३जेष्ठ : बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ।

हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो।

पर्साकाे बहादुरमाई गाउँपालिका २ घर भएका कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेको थियो।

बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्।

पक्राउ परेका कुर्मीलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

बारा : ८ कट्ठामा लगाइएको गाँजा खेती नष्ट

MadhesKhabar

जनकपुरका काँग्रेस नगरसभापति साहले गरे विद्रोह – मेयरमा स्वतन्त्रबाट लड्ने घोषणा

MadhesKhabar

वीरगन्जका ग्रामीण वडाहरुमा रम्भा मिश्राको चुनावी घरदैलो (फोटोफिचर)

MadhesKhabar

Leave a Comment