Madhes Khabar
समाचार

चुनाव हुँदैन भन्ने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं,१९फागुनः फागुन २१ गते चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा छन् ।

 

Related posts

समृद्ध क्षेत्र र सुखी जनताको सङ्कल्पसहित मतदाताहरूसँगै अघि बढ्ने पर्सा – १ का एमाले उम्मेदवार प्रदीप यादवको प्रतिबद्धता

MadhesKhabar

बाराका उप्रेती , वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त

MadhesKhabar

चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

MadhesKhabar

Leave a Comment