वीरगन्ज,२३भदाैं:राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।साेमबार राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तको नेतृत्वकाे टाेलीले पर्साका प्रमुख जिल्ला अधिकारि तोयनारायण सुवेदी मार्फत समाजिक सञ्जाल बन्दको विरोधमा ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीकाे ध्यानाकर्षण गराएको हो।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारि सुवेदीले आँफुले रास्वपा पर्साद्वारा बुझाइएको ज्ञापनको बिषयमा प्रधानमन्त्रीको कार्यालयलाई जानकारी गराउने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञेजाल बन्द गर्ने सरकारको नीतिलाई गम्भीररूपमा लिएको र यसले आमजनताको सूचनाको मौलिक अधिकारको समेत उलंघन गरेको रास्वपा पर्साका सभापति हरि पन्तले बताए। पन्तले सामाजिक सञ्जालहरुको नियमन तथा व्यवस्थापनका अन्य उपायहरु अबलम्बन नै नगरी सिधै सामाजिक सञ्जालहरु निरंकुश शैलीमा बन्द गर्ने सरकारको निर्णयले व्यवसायी ,विद्यार्थी देखि लिएर सम्पुर्ण नेपाली नागरिककाे अधिकार कुन्ठित भएको भएको बताए ।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा रास्वपा पर्साका सचिव सुदिस प्रजापति,सहसचिव कृष्ण पासवान ,क्षेत्रीय सभापतिहरु राम आर्य, फैयाज मियाँ,नगरसभापतिहरु माधव बस्नेत, चन्दन गुप्ता लगायतको सहभागीता रहेको थियो ।

