Madhes Khabar
समाचार

इरानी सेनाले पक्राउ गरेका नेपाली क्याप्टन अमृत झा रिहा

काठमाडौं,२वैशाख:इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् ।

 

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उनलाई बुधबार रिहा गरिएको हो । इरानस्थित कन्सुलरसँग समन्वयपछि रिहाइ भएको खनालको भनाइ छ ।

झा इजरायल–अमेरिका र इरानबीच तनाव सुरु हुनुअघि इन्धन लिन इरान पुगेका थिए । दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए ।

उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।

Related posts

दिदीको अश्लील भिडियो खिचेर बहिनीलाई पठाउने युवक पक्राउ

MadhesKhabar

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपा पर्साले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

MadhesKhabar

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

MadhesKhabar

Leave a Comment