Madhes Khabar
समाचार

वीरगन्जमा डेढ कराेड भन्दा बढीको सामानसहितका ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,७चैत:वीरगन्जबाट प्रहरीले १ करोड ६० लाख भन्दा बढी मुल्यको तस्करीको सामानसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले १ करोड ६३ लाख ३९ हजार ८२९ रुपैयाँ बराबरको भन्सार छली अर्थात तस्करीका सामानसहित ३ वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीस्थित सडकखण्डबाट ना.४ ख ८७४०र ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।वीरगन्जबाट काठमाण्डौ र मोरङतर्फ जाँदै गरेका ती दुवै ट्रकबाट खाद्यान्न, औषधी, लत्ताकपडा तथा हार्डवेयर पार्टसहरु बरामद गरिएको उनले बताए ।

यस्तै प्रहरीले ना. ८ ख ७२४१ नम्बरको मालवाहक ट्रक पनि नियन्त्रणमा लिएको छ । वीरगन्जबाट धनुषातर्फ जाँदै गरेको उक्त मालवाहक ट्रकबाट ३१ लख ६८ हजार ५२० रुपैयाँ बराबरको औषधी लगायतका सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

नियन्त्रणमा लिइएका तीनवटै ट्रकसहितकाे सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थापाले जानकारी दिए।

Related posts

ठाेरीमा सशस्त्र प्रहरीद्वारा बरामद मदिरा नष्ट गरियाे

MadhesKhabar

खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा वीरगन्जका मेयर सिंह नियुक्त

MadhesKhabar

यति एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड ‘आईएसएसए’

MadhesKhabar

Leave a Comment