Madhes Khabar
समाचार

ठाेरीमा सशस्त्र प्रहरीद्वारा बरामद मदिरा नष्ट गरियाे

वीरगन्ज ,२२ असार: पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ स्याउलीवस्तीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध घरेलुु मदिरा बरामद गरि नष्टट गरेको छ।

सशस्त्र प्रहरी बल गुल्म सुवर्णपुर बाट सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खातीको नेतृत्व खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले ठोरी गाउँपालिका वडा नम्बर ४ स्याउलीवस्तीको नाका हुँदै भारत लैजादै गरेको अवस्थामा प्लास्टिकमा प्याकिङ गरिएकाे ५ वटा बोरामा रहेको २०४ लिटर घरेलु मदिरा बरामद गरेको थियाे ।

बरामद गरिएको मदिरा वडाअध्यक्ष अष्टबहादुर लोप्चन, स्थानीयवासी, नेपाल प्रहरी र सन्चारकर्मीको रोहबरमा नष्टट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक खातीले जानकारी दिए।

Related posts

नेपालको चुनावका लागि भारतले उपहार दिएका ४८२ वटा गाडी वीरगन्ज नाकाबाट भित्रिए

MadhesKhabar

बारामा गाँजासहित दुई युवक पक्राउ

MadhesKhabar

बारामा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेटर आदिल आलम घाइते,वीरगन्जमा उपचार हुदैं

MadhesKhabar

Leave a Comment