Madhes Khabar
समाचार

क्यासिनोबाट पक्राउ परेका इन्स्पेक्टर पौडेल निलम्बनमा परेपछि अर्यालले सम्हाले पोखरियाको कमाण्ड

वीरगन्ज,२५ भदौं : वीरगन्जको क्लार्क रिसोर्टको क्यासिनोबाट पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल निलम्बनमा परेपछि प्रहरी प्रधान कार्यालयले उनको सट्टामा पोखरियाको इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक भानुभक्त अर्याललाई पठाएको छ ।

प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवा गरेर अर्याललाई इलाका प्रहरी कार्यालय पोखरियामा पठाएको हो । अर्यालले बिहीबारदेखि इलाका प्रहरी कार्यालय पोखरियाको कमाण्ड सम्हालेका छन्।

वीरगन्ज–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित क्यासिनोमा भदौं २० गते राति पर्साका प्रहरी उपरीक्षक पवन भट्टराई आँफैले छापामा मारेर क्यासिनोभित्रबाट प्रहरी निरीक्षक पौडेलसहित ८ जनालाई पक्राउ गरेका थिए । उनिहरु हाल जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा छन् ।

Related posts

सिमरामा जगदम्बा स्टिलका एक मजदुरकाे मृत्यु

MadhesKhabar

तस्करीको सुन किनेकाे शिवकुमार सर्राफकाे बयान

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन

MadhesKhabar

Leave a Comment