Madhes Khabar
समाचार

सिमरामा जगदम्बा स्टिलका एक मजदुरकाे मृत्यु

मधेसखबर
वीरगन्ज ,०५ कार्तिक : बाराकाे सिमरा स्थित जगदम्बा स्टील उधाेगमा कार्यरत एक मजदुरकाे शनिबार बेलुकी सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

जगदम्बा स्टील उधाेगमा कार्यरत बाराकाे करैयामाइ गाउँपालिका ५ का ४० वर्षिय रामसुरच चाैधरीकाे मृत्यु भएको हाे ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका चाैधरीलाई वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याइएकाेमा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

जगदम्बा स्टिल उधाेग भित्र प्रवेश गर्ने क्रममा प्रदेश २ ख ०३१६ नम्बरको ट्रकले ठक्कर दिदा चाैधरी गम्भीर घाइते भएका थिए ।ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Related posts

जसपाका मधेस प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न १ हजार बढी प्रहरी परिचालन

MadhesKhabar

पर्सा १ मा नगद १ लाख सहित स्वतन्त्र उम्मेदवार पक्राउ

MadhesKhabar

ठोरीको सीमा क्षेत्रबाट १० किलो गाँजा बरामद ,तस्कर फरार

MadhesKhabar

Leave a Comment