Madhes Khabar
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको संयोजक बने हरि पन्त

वीरगन्ज,१०जेष्ठ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे पर्सा संयाेजककाे जिम्मेवारी हरि पन्तले पाएका छन्।

जनकपुरमा बसेकाे रास्वपाकाे बैठकले पर्सा संयाेजककाे जिम्मेवारी पन्तलाई दिने निर्णय गरेकाे हाे।पन्त रास्वपाकाे मधेस प्रदेश समिति सदस्यपनि हुन्।

रास्वपा मधेस प्रदेशका महामन्त्री तथा मधेस प्रदेश संगठन विभाग प्रमुख मनिष कुमार साहले पन्तलाई संयोजकको जिम्मेवारी दिइएकाे पत्र प्रदान गरे ।त्यस अवसरमा रास्वपाका केन्द्रीय महामन्त्री मुकुल ढकाल, पर्सा जिल्लाका निवर्तमान संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा अधिकारी लगायतको उपस्थिती थियाे।

रास्वपाको बिधान बमोजिम सम्बन्धित जिल्लामा रहेका प्रदेश सदस्य मध्येबाट एक जना जिल्ला संयोजक र एक जना जिल्ला उप–संयोजक निर्बाचित हुने प्रावधान छ ।

 

जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पुर्ण निर्बाचित क्षेत्रीय पदाधिकारी , प्रतिनिधि र गठित पालिका पदाधिकारी हरुको मतले प्रदेश सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी ब्यबस्था छ । यसै अनुरुप पन्त डेढ महिना अघिमात्रै दुई तिहाइ भन्दा पनि बढी मतका साथ प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए ।

पर्सा जिल्ला संयाेजककाे जिम्मेवारी पाएपछि पन्तले पर्सा जिल्लामा रास्वपालाई बलिायो बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए । संगठन बिस्तारलाई प्राथमिकता दिँदै पर्सा जिल्लाका १४ वटै स्थानमा तहमा जाने भन्दै उनले आगामी निर्वाचनमा पर्सा जिल्लामा रास्वपालाई जनताले विश्वास गर्ने वातावरणको निर्माण गर्ने बताए ।

पन्त होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचीव तथा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष पनि हुन् ।

Related posts

शिक्षा र स्वास्थ्य विकासको आधार : जसपा उम्मेदवार मधु गुप्ता

MadhesKhabar

मधेस प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन, ३ जना महिला

MadhesKhabar

वीरगन्जका पूर्व मेयर सरावगीले छाडे एमाले, अब फेरि जसपामा फर्किने चर्चा !

MadhesKhabar

Leave a Comment