Madhes Khabar
राजनीति राष्ट्रिय

नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश


मधेशखबर
वीरगंज असाढ २९ ,२०७९ सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् ।

एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु समितिकै अवहेलना भएको बताए ।

एमालेकै अर्का सांसद तामाङले लैंगिक पहिचान सहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरीत विधेयक आएको बताए ।

नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका थिए ।

तीनै जना सांसदको विरोधको सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाँणले विधेयक पेश गरेपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ ।

साभार अनलाईनखबर

Related posts

पर्सा–१ का कांग्रेस उम्मेदवार रुंगटाले भने : अब कागजी होइन, जनतालाई अनुभूत हुने विकास चाहिएको छ

MadhesKhabar

नयाँ प्रधानमन्त्री बालेन शाहको शपथ आज

MadhesKhabar

समावेशी नेतृत्वतर्फ बढ्दो भरोसा, रमेश रिजाललाई मुस्लिम समुदायको बलियो साथ

MadhesKhabar

Leave a Comment