Madhes Khabar
राजनीति

पर्सा–१ का कांग्रेस उम्मेदवार रुंगटाले भने : अब कागजी होइन, जनतालाई अनुभूत हुने विकास चाहिएको छ

वीरगन्ज,१८माघःपर्सा क्षेत्र नमबर १ मा नेपादी कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंगटाले जनताले वर्षौदेखि भोग्दी आएका समस्याहरुको दीर्घकालिन समाधान नै आफ्नो प्रथामिकतामा रहने बताएका छन् ।

चुनावी प्रचार अभियान अन्तर्गत आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा आयोजित भेलामा बोल्दै रुंगटाले पर्सा–१ का जनताको दैनिकीसंग प्रत्यक्ष जोडिएका समस्याहरुको समाधान नै आफ्नो प्राथमिकतामा रहने बताए ।

सडक, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य र रोजगारी आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले भने,‘ जनताको खाँचो र चाहनालाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्छ। कागजी योजना होइन, जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास नै मेरो लक्ष्य हो ।’ रुंगटााले युवाहरूलाई रोजगारीसँग जोड्ने कार्यक्रम, साना व्यवसायी र किसानलाई सहुलियत, तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच र गुणस्तर बढाउने योजना पनि आफ्नो रहेको सुनाए।

कांग्रेस लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको पक्षमा सधैं उभिएको पार्टी भएकाले जनताले विश्वास गर्दै आएको उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, क्षेत्रीय सभापति अरविन्द गुप्ता, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, पूर्व नगर सभापति भोला साह कलवार, क्षेत्रीय उपसभापति अनिल सिंह लगायतकाको सहभागिता थियो ।

Related posts

जसपाको महाधिवेशन जेठ २८ मा : अध्यक्षमा उपेन्द्रलाई इस्तियाकले चुनौती दिने

MadhesKhabar

शिक्षामा सबैको समान पहुच पुर्याउन प्रतिबद्ध छु: जसपा उम्मेदवार मधु गुप्ता

MadhesKhabar

इजरायलको द्वन्द्धमा फसेका नेपालीहरुको अविलम्ब उद्धार गर्न सांसद यादवको माग

MadhesKhabar

Leave a Comment