Madhes Khabar
राजनीति

महरामाथिको अभियोजन अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

फाइल फाेटाे

काठमाडौं,३० साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन प्रकरणमा जोडिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अभियोजन अघि बढ्ने बताएका छन् । महरा र उनका छोरा राहुलको कनेक्सन देखिँदा पनि प्रहरीले उनीहरुलाई सामान्य सोधपुछसमेत गरेको छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा महराका बाबुछोराको पटक–पटक फोन सम्पर्क भएको देखिएको छ । प्रहरीको प्रतिवेदनमा उक्त कुरा उल्लेख भए पनि महरालाई मुद्दा चलाइएन । यो विषय बाहिर सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालमाथि व्यापक दबाब छ ।

’अनन्तको विषयमा कुरा उठेपछि उहाँले प्रस्ट पार्नुभयो । महराजीलाई पनि प्रस्ट पार्नु भनिएको छ,’ बालुवाटारमा पत्रकारहरुसँग प्रचण्डले भने, ’सायद अब अभियोजन पनि अघि बढ्छ ।’ उनले यो विषयमा गृहमन्त्रीसहित सीआईबीसँग पनि आफूले सोधेको जानकारी दिए ।

प्रतिवेदनमा महराको नाम कसरी आयो र नाम आएपछि किन अभियोजन गरिएन भनेर प्रहरीलाई आफूले सोधेको उल्लेख गर्दै प्रचण्डले यो विषयलाई अनुसन्धानमा अघि नबढाउने हो भने अहिले गरेका अरु सबै कामको पनि अर्थ नहुने जस्तो देखिएको बताए ।साभार :  इकान्तिपुर

Related posts

पर्सा–१ मा कांग्रेसको घरदैलो अभियान तिव्र, महिला सशक्तिकरणको मुद्धा रुंगटाको प्राथमिकतामा

MadhesKhabar

गाैर हत्याकाण्डकाे छानबिन गर्न गृहमन्त्रालय तयार भएपछि उपेन्द्रले दिए सरकार छाेड्ने धम्की

MadhesKhabar

सीके राउतकाे पार्टीका सांसद खानलाई निलम्बन गर्न माग

MadhesKhabar

Leave a Comment