काठमाडौं,९पुस: मोडेल एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् ।
आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी गौतमलाई टीका, माला लगाई पार्टीमा प्रवेश गराएका हुन ।
आजपा प्रवेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउनका लागि आजपामा प्रवेश गरेको बताइन् ।
आजपाले उठाउँदै आएको मुद्दा, नीति, बिचार मुलुक र नेपाली जनताको हितमा भएको बताउँदै उनले समाजको सेवा गर्ने काम अझै प्रभावकारी रूपमा अगाडि बढाउने बताइन् ।

