Madhes Khabar
राजनीति

नेपालले भारतको एक इन्च जमिन पनि मिचेको छैन : केपी ओली

काठमाडौं,२०जेठ:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा उनले संसदको रोस्ट्रमबाट प्रधानमन्त्री बालेन शाहले बोल्न नहुने कुरा बोलेको बताए ।

‘एक ठाउँमा एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन,’ ओलीले भने, ‘सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट बोल्नु हुँदैन थियो । तर बोल्ने काम भयो । कसको हितको लागि ? कसको पक्षमा ? नेपालको अहितमा नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा कसको लागि के का लागि बोलियो ?’

Related posts

जसपा नेपालको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमानको पक्षमा रहेका मतदाता भन्छन् : अब हामी रोड नालाको गफमा फस्दैनौँ

MadhesKhabar

आन्दोलनका उपलब्धि जोगाउन जनमत पार्टीलाई जिताउनुपर्ने — उम्मेदवार ओमप्रकाश सरार्फ

MadhesKhabar

Leave a Comment