Madhes Khabar
राजनीति

संसदीय समितिको बैठकमै सभापति साहमाथि सांसद कुसारीले प्रहार गरिन् माइक र नेमप्लेट

काठमाडौं,७जेठःप्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा बुधबार सांसदहरुबीच नै हात हालाहालको अवस्था देखियो ।

जहाँ महिला नामको उक्त समितिका पुरूष सभापति एंव एमाले सांसद किरण कुमार साह र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीबीच हात हालाहालको अवस्था आएको हो ।

बुधबार बिहान ७ बजे बसेको समितिको बैठकमा विवाद हुँदा सांसद कुसारीले सभापति साहलाई आफ्नो नेमप्लेट र माइकको झट्टी हानेकी हुन् । यद्यपि दुवै वस्तुले साहलाई नलागेकाले कुनै चोटपटक लागेन ।

प्रत्यक्षदर्शीका अनुसार सांसद कुसारी बैठकमा ढिला आएकी थिइन् । त्यसपछि उनले सभापति साहको अनुमतिबिना नै आफ्ना कुरा राख्न थालेकी थिइन् । त्यसमा सभापति साहले आपत्ति जनाएपछि भनाभन हुँदा आक्रोशित मुद्रामा देखिएकी कुसारीले रिस सम्हाल्न नसक्दा माइक र नेमप्लेट प्रहार गरिन् ।

सभापति साहका अनुसार शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका उपसमितिका प्रतिवेदन समितिमा बुझाउन बुधबार बैठक डाकिएको थियो । त्यहीक्रममा ढिलो आएकी कुसारीले आफूखुसी बोल्न थालेपछि रोक्न खोज्दा आक्रमण भएको साहले बताए ।

उता कुसारीले भने सभापति साहले आफ्ना गल्ती ढाकछोप गर्न बोल्न निषेध गरेपछि आफू आक्रोशमा आएको बताएकी छन् ।साभारःखबरहब

Related posts

आगामी चुनावमा हतारमा गठबन्धन नगर्न काँग्रेस नेतृत्वलाइ शेखर कोइरालाको सुझाव

MadhesKhabar

कांग्रेस बाराका सभापति राजेश राय यादवमाथि कारबाही गर्न उम्मेदवार भैयारामको माग

MadhesKhabar

पर्साका मतदातालाई धन्यवाद दिदैं पन्त भन्छन् : जनताकै साथले देशभर परिवर्तनको लहर आएको हो

MadhesKhabar

Leave a Comment