Madhes Khabar
राजनीति

रवि लामिछानेले भने: सरकारले मधेशलाई प्राथमिकतामा राखेर काम गर्छ

काठमाडौं,१७चैत:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सरकारले मधेसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

साह मंगलबार लामिछानेलाई बधाई ज्ञापन गर्न उनको निजी निवास बुढानीकलकण्ठ पुगेका थिए। सभापति रवि लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराउँदा आफू हर्षित भएको साहले उल्लेख गरे।

साह र लामिछानेबिच देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएको भन्दै यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

Related posts

सीमा क्षेत्रमा भइरहेको खुला तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न सक्दैन: रवि लामिछाने

MadhesKhabar

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

MadhesKhabar

एकता वा गठबन्धनका लागि जसपा सामु लोसपाको दुइ सर्त

MadhesKhabar

Leave a Comment