Madhes Khabar
राजनीति

ओली र लेखकविरुद्ध प्रहरीले जाहेरी नलिएपछि आक्राेशित सुधन गुरुङले भने : ‘सडकबाटै देखाइ दिन्छौ ’

काठमाडौं,२०असाेज:पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न सुधन गुरुङ लगायतका जेनजी अगुवाहरु प्रहरी कार्यालय पुग्दा प्रहरीले जाहेरी दर्ता नगरिदिदाँ उनिहरु आक्राेशित भएर फर्किएका छन् ।

जेनजी अगुवा गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन भन्दै पुगेका थिए ।

तर प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गरेको हाे ।त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ ’भन्दै गुरुङ फर्किएको स्रोतले बतायो ।

जेनजी अगुवाहरूले साेमबारबाटै ‘केपी ओली एरेस्ट’ भन्दै अभियान पनि फेसबुकमा चलाएका छन् ।

Related posts

एमाले पर्साको अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन, उपाध्यक्षसहितका पदाधिकारीमा चुनाव हुने

MadhesKhabar

उपेन्द्र यादवको जितले नै मधेसीको हकअधिकार सुनिश्चित हुन्छ : लोसपा नेता सोनल

MadhesKhabar

रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ

MadhesKhabar

Leave a Comment