Madhes Khabar
राजनीति

उपेन्द्र यादवको जितले नै मधेसीको हकअधिकार सुनिश्चित हुन्छ : लोसपा नेता सोनल

वीरगन्ज,६बैशाख : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बारा २ मा उपेन्द्र यादवको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

लोसपा नेपाल बारा क्षेत्र नम्बर २ (क) को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यसमेत रहेका सोनलले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको सानदार जित हुने जिकिर गरे । उनले भने, ‘बाराको क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र जीको जित सुनिश्चित छ, उहाँको सान्दार जित हुनेमा कुनै आशंका छैन ।’

प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोनलले गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्तालाई ईमान्दारीताका साथ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । सबैलाई उपेन्द्र यादवका एजेण्डा र विकासका भिजनका बारेमा सचेत गराउन नेता कार्यकर्तालाई निर्देशन दिँदै सोनलले प्रचार प्रसारलाई तिव्रता दिन पनि आग्रह गरे ।

उपेन्द्र यादवको जितले नै मधेसी समुदायको हकहित सुनिश्चित हुने सोनलको भनाई छ । अगुवा कार्यकर्ता भेलालाई प्रदेश सभा सदस्यका उम्मेदवार मोतिलाल कुशवाह, लोसपा केन्द्रीय कार्यकारिणी सदस्य श्याम गुप्ता, महिला नेतृ पिंकी यादव लगायतले सम्बोधन गर्दै उपेन्द्र यादवको जित सुनिश्चित रहेको बताएका थिए ।

Related posts

स्ववियु चुनावका लागि ठाकुररामसहित देशभरका क्याम्पसमा आज संघ/संगठन दर्ता हुदैं

MadhesKhabar

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

MadhesKhabar

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

MadhesKhabar

Leave a Comment