Madhes Khabar
राजनीति

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज,२१ असोज : सिट भागबण्डाको अन्तिम टुङगो लगाउन जारी सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) भने अनुपस्थित भएको छ ।

सत्ता गठबन्धनको बैठक शुक्रबार बिहानै देखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । तर बैठकमा जसपाका नेताहरु भने नआएको बैठकमा सहभागी एक नेताले बताए ।

जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एक नेताका अनुसार २२ सिटमा एमाले र जसपाबीच सहमति भएको छ ।

सिट बाँडफाँटको विषयमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले नेताहरुसंग छलफल गर्न गएका थिए । यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । जसपालाइ आज दिउँसो सम्म कुर्ने र उ नआए बाँकी चार दल बिच सिट बाँडफाँड गरि सहमति गरिने गठबन्धनका नेताहरुले बताएका छन् ।

यता जसपाका नेताहरू भने जसले धेरै सिट दिन्छ त्यतै सहमति हुने बताइरहेका छन् ।एमाले नेताहरूसँगको बैठकमा सहभागी जसपा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनले गर्ने प्रस्तावका आधारमा आफूहरूले निर्णय गर्ने बताए।
‘ हामी तालमेलका लागि सबैसँग खुला छौं,’ उनले भने, ‘एमालेसँग पनि हामी सहमतिको नजिक छौं। तर हाम्रो प्राथमिकता सत्ता गठबन्धन हो।’

यता सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलमा सदस्य रहेका जसपा नेता रकम चेम्जोङले गठबन्धनले अहिले दिने भनिएको सिटमा ६ सिट थप्नुपर्ने बताएका छन्। जसपाले आफूहरूलाई १८ देखि २० सिटसम्म चाहिने माग गरेको छ।

‘तालमेल गर्ने कुरा हो। तालमेल भनेको गठबन्धन होइन। हामी सिट तालमेलमा छौं। जहाँ हामीलाई बढी फाइदा हुन्छ उसैसँग तालमेल गर्ने हो,’ उनले भने, ‘मुख्य कुरा संख्या हो। त्यसमा अप्ठ्यारो मान्नुपर्ने कुरै छैन। जसले सिट धेरै दिन्छ उसैसँग गर्ने हो। जोसँग तालमेल गर्दा लाभ हुन्छ उसैसँग गर्ने हो।’

Related posts

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

MadhesKhabar

नागरिकताको विषय टुङ्गो नलगाइए आन्दोलनमा उत्रिने पूर्वमन्त्री यादवको चेतावनी

MadhesKhabar

राष्ट्रपतिदेखि वडाअध्यक्षसम्म सबैको सुविधा कटौती गर्नुपर्छ : गगन थापा

MadhesKhabar

Leave a Comment