Madhes Khabar
राजनीति

फेरि एक पटक प्रधानमन्त्री बन्ने प्रचण्डको इच्छा

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१४ साउन : नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु पुनः एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।काठमाण्डौमा शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने उनको विश्वास छ। आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए।

‘यो पटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन। त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ । त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ। हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनु छ। मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस्। यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु,’ उनले भने।

Related posts

बारा ४ मा एमालेका प्रभावशाली नेता कुर्मी लाेसपामा प्रवेश

MadhesKhabar

पर्सामा संगठन विस्तार गर्दै जनमत पार्टी : छपकैयामा ६० जनाले गरे पार्टी प्रवेश

MadhesKhabar

मधेसका दलितका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने मुख्यमन्त्री सिंहकाे प्रतिबद्धता

MadhesKhabar

Leave a Comment