Madhes Khabar
राजनीति

पर्सामा संगठन विस्तार गर्दै जनमत पार्टी : छपकैयामा ६० जनाले गरे पार्टी प्रवेश

मधेसखबर
वीरगन्ज,७फागुन : डाक्टर सिके राउत नेतृत्वको जनममत पार्टीले पर्सामा संगठन विस्तार अभियान थालेको छ ।प्रदेशसभा सदस्यका प्रत्याशी एंव युवा नेता मुकेश द्धिवेदी जनमत पार्टीमा प्रवेश गरेसंगै उनको अग्रसरतामा जनमत पार्टीले संगठन विस्तार अभियानलाई तिब्रता दिएको हो ।

यसैक्रममा आइतबार जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको लक्ष्मीनारायण टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा युवा र महिला गरि ६० जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका वरिष्ठ नेता द्धिवेदीले जानकारी दिए ।

जनमत पार्टी र त्यसका अध्यक्ष डा. सिके राउतको विचार र सिद्धान्तबाट प्रभावित भएर जनमत पार्टीमा आफुहरु प्रवेश गरेको पार्टी प्रवेश गर्नेहरुले बताएका छन् ।

जनमत पार्टीका नेता राहुल गुप्ताको अध्यक्षता तथा वरिष्ठ नेता द्धिवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरु सन्तोष साह ,राहुल रौनियार ,उमाशंकर गुप्ता ,शशी पाण्डे ,रामु रौनियार ,राम नरेश पटेल ,अभिशेष तिवारी लगायतको उपस्थिति रहेको थियो ।

 

Related posts

उपेन्द्र यादवले सर्वोच्चमा दिएको रिट ’हेर्न नभ्याइने’ मा

MadhesKhabar

वीरगन्ज ११ मा जसपाको जित ,काँग्रेसका महत्तोलाइ हराउदै बरै वडाअध्यक्षमा विजयी

MadhesKhabar

पर्साबाट हजरा र देवकोटा एमालेको समानुपातिक सांसद

MadhesKhabar

Leave a Comment