Madhes Khabar
राजनीति

वीरगन्ज ११ मा जसपाको जित ,काँग्रेसका महत्तोलाइ हराउदै बरै वडाअध्यक्षमा विजयी

मधेसखबर
वीरगन्ज,०८जेठः
वीरगन्ज महानगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा जसपाका अजय कुमार बरै विजयी भएका छन् ।
आइतबार बिहान सकिएको उक्त वडाको मतगाण्नाको अन्तिम परिणाम अनुसार , निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार महेश्वरलाल महत्तोलाइ १९९ मत अन्तरले पराजित वडा अध्यक्षमा बरै निर्वाचित भएका हुन् ।
बरैले ९८३ मत पाउदा काँग्रेसका महत्तोले भने ७८४ मत पाएका छन् । निवर्तमान वडाअध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार प्रधुम्न सेढाइ भने ५६१ मतका साथ तेश्रो स्थानमा सिमित हुन पुगेका छन् ।
२०७४ को निर्वाचनमा बरै , निवर्तमान वडाअध्यक्ष सेढाइसंग १७२ मतले पराजित भएका थिए ।

Related posts

मुख्यमन्त्री नियुक्तिको विरोधमा ७४ सांसदको हस्ताक्षरसहित अदालतमा रिट दिने ७ दलको निर्णय

MadhesKhabar

नेपालमा अब राजा फर्कने सम्भवना नै छैन : माधव नेपाल

MadhesKhabar

राष्ट्रिय सभा सदस्यका लागि मधेसबाट पर्साकी उषा थरुनीसहित पाँच जना उम्मेदवार

MadhesKhabar

Leave a Comment