Madhes Khabar
राजनीति

वीरगन्जका मतदातासंग युवा उम्मेदवार कानुको आग्रह : सुशासनका लागि रास्वपालाई जिताउनुस्

वीरगन्ज, १३ फागुन :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशील कुमार कानुले बुधबार वीरगन्ज महानगरपालिका–६ माइस्थान तथा वडा नम्बर ९ घण्टाघर–पानगल्ली क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन्।

ती दुवै वडाका विभिन्न टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले औद्योगिक तथा व्यापारिक सहर वीरगन्जलाई कुशासनमुक्त बनाई व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए। चार दशकदेखि चल्दै आएको राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उल्लेख गर्दै कानुले समृद्ध नेपाल निर्माणका लागि नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताए।

“पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरूको बेवास्ताका कारण जिल्लाको विकास अपेक्षाकृत हुन सकेन,” उनले भने, “व्यापार–व्यवसाय, पूर्वाधार र सडकको अवस्था जीर्ण छ। अब प्राथमिकताका साथ सुधार गर्नुपर्छ।”

आँफु निर्वाचित भएमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरी योजनाबद्ध विकास अघि बढाइने उनको भनाइ थियो। उनले पर्साको औद्योगिक सम्भावनालाई मध्यनजर गर्दै ठूला विकास आयोजना अघि सार्ने दाबी गरे।

Related posts

पर्सा १ मा प्रदीप यादवलाई जिताउन महिला नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा

MadhesKhabar

पूर्वगृहमन्त्री रमेश लेखक पनि छुटे

MadhesKhabar

राष्ट्रियसभामा मधेसबाट कांग्रेसका ढुङ्गाना र जसपाकी चाैधरी विजयी

MadhesKhabar

Leave a Comment