Madhes Khabar
राजनीति

पर्सा १ मा प्रदीप यादवलाई जिताउन महिला नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा

मधेसखबर
वीरगन्ज, १६ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन जसपाका महिला नेतृ र कार्यकर्ताहरुले पनि मतदातासंगको भेटघाटलाई निरन्तरता दिएका छन् ।

समाजवादी महिला संघको मधेस प्रदेश उपाध्यक्ष पिंकी यादवको अगुवाइमा महिला नेता कार्यकर्ताहरुले दिनहु घरदैलो गर्दै मतदातालाई भेटेर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारका लागि मत मागिरहेका छन् ।

यसैक्रममा बुधबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा जसपाका महिला नेतृ र कार्यकर्ताहरुले घरदैलो गर्दै मतदातासंग भेटेका छन् । मतदातासंगको भेटघाटमा उनिहरुले मधेसका लागि मरिमेट्दै आएका जसपाकै कारण मधेसी , महिला , दलित , मुस्लिम लगायतले पहिचान र अधिकार पाएकाले जसपा नै मधेसको सच्चा पहरेदार भएको बताए ।

पर्सा १ मा जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव , मधेसका महिलाहरुको हक अधिकारको पक्षमा सडक देखि सदन सम्म आवाज उठाउने नेता भएको भन्दै जसपाका नेतृहरुले यसपालि फेरि यादवको जित आवश्यक रहेको बताए । यादवले फेरि जिते मात्रै मधेसका महिलाहरुको हक अधिकार सुनिश्चित हुने भन्दै उनिहरुले आफनो मत जसपालाई दिएर यादवलाई जिताउन आग्रह पनि गरे ।

समाजवादी महिला संघको मधेस प्रदेश उपाध्यक्ष पिंकी यादवको अगुवाइमा भएको घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर , पिंकी सिंह , प्रेरणा श्रेष्ठ लगायतको सहभागीता थियो ।

Related posts

राप्रपाले पायाे तीन मन्त्रालय, उपप्रधान तथा उर्जा मन्त्री लिङदेन

MadhesKhabar

युवालाई अवसर दिन आगामी चुनाव आँफु नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

MadhesKhabar

पर्साको बहुदरमाई नगरपालिकाका मेयर तेली जसपा छाडेर एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment